नारायणहिटी परिसरमा बाढी पस्यो, सेनाको उपत्यका मुख्यालय डुबानमा 


काठमाडौैं — गएराती परेको वर्षाका कारण नारायणहिटी दरबार परिसरभित्र बाढी पसेको छ । बाढीका कारण नारायणहिटी दरबारपरिसरमा रहेको नेपाली सेनाको उपत्यका पृतना मुख्यालय र घोडा सवारी गणभित्र बाढी पसेको जनाइएको छ ।

टुकुचा खोलामा भरिएको पानी नेपाली सेनाको ब्यारेकभित्र पसेको जनाइएको छ ।

वर्षाका कारण उपत्यकाका विभिन्न नदी किनाका क्षेत्र डुबानमा परेको थियो । बाढीकै कारण नेकपा एमालेको पार्टी कार्यालय डुबेको थियो भने बल्खु खोलाको बाढीमा परि एक जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया