‘सत्ताका लागि रवि लामिछानेलाई प्रचण्ड, ओली र आजभोली देउवाको शैली मन पर्न थालेको छ’


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओलीको शैली मन पराउने गरेकोले आफ्नो शैली बालापन लागेको हुनसक्ने बताए ।

उनले आफ्नो शैली बालापन भएको भन्ने आरोप लगाउने रवि लामिछानेलाई पछिल्लो समय प्रचण्ड, ओलीको शैली मन पराउने गरेकोले आफ्नो शैली बालापन लागेको हुनसक्ने बताए ।

उनले लामिछानेलाई अझै पनि ७६ (३) बमोजिम सरकार बन्ने झिनो आशासहित सत्तामा टाँसिइरहेको समेत जनाउँदै लामिछानेलाई शेरबहादुर देउवाको शैली पनि मन परेको हुनसक्ने जनाए ।

त्यस्तै उनले पार्टीभित्र आप्mनो शैली नभई केन्द्रीय सदस्य दीपक बोहोराको शैलीप्रति केन्द्रीय समितिका सदस्यहरुले पटक–पटक आफूसँग आवाज उठाएको जनाए ।

प्रतिक्रिया