पूर्व मिस नेपाल श्रृंखलाले कसिन् लगनगाँठो


काठमाडौं– पूर्व मिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् ।

बिहीबार होटल हायातमा उनीहरुको विवाह समारोह चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ ।

प्रतिक्रिया