फिल्म ‘मायावी’को छायांकन सुरू


काठमाडौं – निर्देशक दीवाकर भट्टराईले आफ्नो नयाँ फिल्म ‘मायावी’को छायांकन सुरु गरेका छन् । मुस्ताङको नीलगिरि हिमाल क्षेत्रमा रोमान्टिक गीतको शुटिंगपछि बिहीबारबाट पोखरामा औपचारिक रुपमा फिल्मको छायांकन सुरु गरिएको हो ।

क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि छायांकन थालिएको फिल्ममा पल शाह, दीपिका प्रसाईं, समीम खान, सुशील सिटौला, प्रशान्त ताम्राकार, राजाराम पौडेल, करिश्मा श्रेष्ठ मुख्य भूमिकामा छन् ।

निर्देशक भट्टराईले राज कटुवाल र चन्द्र पन्तसँग निर्माणमा सहकार्य गरेको फिल्ममा राजु थापाको डिओपी, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द रचना छ । फिल्मको ३५ दिनसम्म पोखरामै छायांकन हुने छ ।

‘क्रिएटिभ सिने आर्ट्स’को निर्माण रहने फिल्ममा निर्देशक भट्टराई स्वयंको लेखन छ । ‘मायावी’बाट पलले डेढ वर्षपछि कमब्याक गर्दैछन् । जेलबाट छुटेपछि ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका पलले पहिलो सिनेमामा काम गर्दै छन् ।

प्रतिक्रिया