
सामाजिक विसंगतिविरुद्ध आउँदै अमात्यको ‘रुद्राक्ष’
काठमाडौं– विश्वभरी नै फैलिएको कोरोना महामारीका कारण बन्दप्रायः रहेको नेपाली टेलिचलचित्र क्षेत्र विस्तारै उठ्ने तयारीमा रहेको छ । यसैको फलस्वरुपः नेपाली टेलिभिजन दर्शकहरुका लागि सत्य कथामा आधारित ‘रुद्राक्ष’ टेलिसिरियल आउने भएको छ ।
सामाजिक विसंगति विकृतिका साथै रुढीवादी समाजविरुद्ध महिलाले भोग्नुपर्ने पीडाका साथै जीवनयापनका लागि भोग्नुपर्ने दुःख पीडाका साथै वैदेशिक रोजगारीमा रहँदा महिलाले भोग्नुपर्ने समस्याका साथै जीवन जीउनका लागि लागि महिलाले भोग्नुपर्ने समस्यालाई समेट्दै निर्माण गर्न लागिएको रुद्राक्ष टेलिसिरियल आगामी बैशाखदेखि दर्शकमाझ ल्याउने गरी तयारी गरिएको छ ।
रसिल अमात्य निर्देशक तथा निर्माता रहेको रुद्राक्षमा गंगादेवी चौहानको कथा रहने जनाइएको छ । चौहानकै जीवनको वास्तविक घटनाको वरिपरि रहेर निर्माण हुन लागेको रुद्राक्षमा प्रमुख भूमिकामा चौहानले नै अभिनय गर्ने भएकी छिन् भने अन्य कलाकारहरुमा शारदा गिरी, सूर्यबहादुर नहर्की, भिमसेन खतिवडालगायतका रहने जनाइएको छ ।
फागुनको दोस्रो सातादेखि छायांकन सुरु गर्न लागिएको रुद्राक्षले समाजमा घट्दै आएका विकृति र विसंगतिलाई उजागर गर्ने मात्र नभई त्यसको समाधानका लागि नीति निर्माणको तहलाई झक्झक्याउने विश्वास पनि निर्माण पक्षले लिएको छ ।
स्प्लास इमेज इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति रहने रुद्राक्षको सम्पादन शक्तिप्रज्वल घिमिरेले गर्ने भएका छन् भने छायांकन नमराज घिमिरेले गर्ने जनाइएको छ । भिडियो प्रोडक्सनमा ह्वाइट मिडिया रहेको सिरियलमा सुदीप सिं म्युजिक निर्देशक रहेका छन् ।



कागजपत्र |
