कांग्रेसको विरोध सभामा ओली समूहद्वारा आक्रमण


बैतडी – बैतडीमा नेकपाको ओली समूहको आक्रमणबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता घाइते भएका छन् । बैतडीमा नेपाली कांग्रेसले गरेको विरोध सभामा ओली कार्यकर्ताले आक्रमण गर्दा नेता तथा कार्यकर्ता गरि तीन जना घाइते भएका हुन् ।

बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा मंगलबार भएको सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका थिए । सोही ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदलाई चोट लागेको छ ।

नेकपा ओली समुहका ‘केन्द्रीय सदस्य’ सदस्य सुरेन्द्रपाल सहित १५–२० जनाको समुहले आक्रमण गर्दा साउँद सहित तीन जना घाइते भएका हुन् । सो आक्रमणपछि १ घण्टा विरोध सभामा अवरुद्ध भएको थियो । घाइतेहरुको अवस्था सामन्य रहेको छ ।

प्रहरीले आक्रमण गर्नेहरुको खोजी गरिहेको छ। उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया