चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ को छायाँकन सुरु


काठमाडौं – फिल्म ‘दि सेक्रेट्स अफ राधा’को छायाँकन सुरु भएको छ । सुवर्ण थापाको निर्देशन रहने फिल्मको बिहीबारबाट पालुङदेखि छायाँकन सुरु भएको हो ।

सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहने फिल्ममा दयाहाङ राई र निश्चल बस्नेतको पनि विशेष भूमिका रहनेछ ।

सामाजिक विषयवस्तु कथा बनाइएको फिल्म १५ दिन पालुङमा छायाँकनपछि बाँकी कामका लागि युनिट काठमाडौं फर्कनेछ ।

निर्देशक सुवर्णकै निर्माण रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, कालीप्रसाद बाँस्कोटा संगीत रहनेछ ।

प्रतिक्रिया