गगन थापाको आक्राेश : असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राख्ने ?


काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले नेतृ रामकुमारी झाँक्रीको पक्राउको विरोध गरेका छन् । उनले ट्वीट गर्दै राष्ट्रपति र सरकारले ले आफ्नो कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक काम गरेको र त्यसमाथि प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् ।

पहिलेका राजा र अहिलेकी राष्ट्रपतिमा कुनै फरक नदेखिएको भन्दै थापाले सत्यका पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने उल्लेख गरेका छन् । ‘र्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !’ उनले भनेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

 

प्रतिक्रिया