‘एमसीसी टेबल गर्ने ठाउँमा आइपुग्‍नु भएका साथीहरु पास हुने बेलामा मतदान गर्नुहुन्छ’


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्‌मा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका राजनीतिक दलहरु मतदान गर्ने बेलासम्म सहमतिमा आउने विश्वास व्यक्त गरे।

पूर्वमन्त्री समेत रहेका थापाले अन्योल र अलमलका बीचमा संसद्‌मा एमसीसी टेबल भएको र अब प्रक्रिया पूरा गरेर पास हुने बताए। उनले अब बस्ने प्रतिनिधिसभाको बैठकपछि प्रस्तावमाथि छलफल हुने बताए।

‘आज संसद्‌मा टेबल गरे अनुसार नै छलफल हुन्छ,’ उनले भने, ‘छलफलपछि मतदानमार्फत एमसीसी टुंगो लाग्छ। अब यो प्रक्रिया अगाडि बढ्छ। यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन्।’

सरकारमा पनि बस्‍ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गरेर पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न आग्रह गरे।

प्रतिक्रिया