काँग्रेस महामन्त्रीको ६०० मतपत्र गन्दा कसको कति मत?


काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहेको छ। पछिल्लो अपडेटअनुसार हालसम्म ६०० मत गनिएको छ।

गनिएको मतमध्ये महामन्त्रीका उम्मेदवार गगन थापाले ३८१, डा. मिनेन्द्र रिजालले १०१, प्रदीप पौडेलले २०६, विश्व प्रकाश शर्माले २३१ मत प्राप्त गरेका छन्। त्यस्तै डा प्रकाशशरण महतले २०१ र डा. राजाराम कार्कीले २८ मत प्राप्त गरेका छन्।

बिहान १० बजेबाट सुरु गरिएको मतगणना चार घन्टामा सकिने निर्वाचन समितिका एक सदस्यले जनाएका छन्।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन्। जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की छन्।

काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन्। अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ।

प्रतिक्रिया