प्रधानन्यायधीशलाई महाअभियोग सही निर्णय : महामन्त्री थापा


काठमाडाैं – कांग्रेस महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव सही निर्णय भएको बताएका छन् ।

बनेपामा नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा रहेको गतिरोध अन्त्यको लागि महाअभियोग आवश्यक रहेको तर्क गर्दै राणाविरुद्धको महाअभियोग प्रस्ताव सही निर्णय भएको बताएका हुन् । ।

‘सर्वोच्च अदालतमा महिनौंदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च सेयर नगरेको अवस्था थियो, बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन्,’ थापाले भने, ‘उहाँमाथि संगीन आरोप लागेकोले सहज बहिर्गनको लागि अनुरोध गरेका थियौं, न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो ।’

महाअभियोग पास हुनेरनहुनेबारे यसै भन्न नसकिने भन्दै उनले यसबारे संसद्ले नै निर्णय गर्ने बताए ।

त्यस्तै थापाले एमसीसीबारे अनावश्यक छलफल भएको भन्दै छिटो भन्दा छिटो संसद्‌मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताए ।

प्रतिक्रिया