गगनलाई ३०००+मत !


काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भईरहेको छ । पछिल्लो ७०० मत गन्दा डा. शेखर कोइराला समूहका उम्मेदवार गगन थापाले ४१८ मत ल्याएका छन् ।

पहिलो सय मत गन्दा ७० मत ल्याएका थापाले २ सय मत गन्दा १४७ मत ल्याएका थिए ।

त्यस्तै ३ सय मत गन्दा गगनले २ सय मत ल्याएका थिए भने ४ सय मत गन्दा खेरी २६० मत ल्याएका थिए ।

त्यस्तै थापाले ५ सय मत गन्दा ३२५ मत ल्याएका थिए ।

यसरी ५ सय मत गन्दा थापाले ६५ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । पहिलो ५ पटकको अपडेटअनुसार नै गगनले अन्तिमसम्म अग्रता कायम गरेमा उनको जम्मा मत ३ हजार कट्ने विश्लेषण गर्न सकिन्छ ।

त्यस्तै ताजा मतपरिणामअनुसार जम्मा ६ सय भोट गन्दाखेरी थापाले ३८१ मत ल्याएका छन् । यस आधारमा नै गगनले अग्रता कायम रहेमा उनी निर्विकल्प विजेता बन्न सक्ने देखिएको छ ।

त्यस्तै अन्य उम्मेदवारहरुमा दोस्रो नम्बरमा विश्वप्रकाश शर्माले अग्रता बढाउँदै लगेको मतपरिणाम आएको छ भने तेस्रोमा प्रदीप पौडेल र चौथोमा डा. प्रकाशशरण महतले पौडेललाई पछ्याई रहेका छन् ।

त्यस्तै कोइराला समूहकै अर्का उम्मेदवार डा. मिनेन्द्र रिजाल पौडेल पछि छन् भने डा. राजाराम कार्की भने नगन्य मतका साथ अगाडि बढी रहेका छन् । ६ सय मत गन्दा कार्कीले २८ मत प्राप्त गरेका छन् ।

काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन्। अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ।

प्रतिक्रिया