सनकको भरमा संघीयता मास्न पाइँदैन : सन्तकुमार चौधरी


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा गणतन्त्र मास्न खोजेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीप्रति खबरदारी पनि गरे ।

‘खबरदार केपीजी, संघीयतालाई मास्न पाइँदैन । लाखौँ लाख जनता सडकमा उत्रिइसके । आन्दोलनमा जनता होमिइसकेका छन्,’ नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा गरेको विरोधसभामा उनले भने ।

उनले प्रतिगमन नसच्चिएसम्म प्रतिगमनविरुद्धको आन्दोलन नरोकिने बताए ।

प्रतिक्रिया