च्यारिटीका लागि आफ्नो कपडा बेच्दै अभिनेता रणवीर कपूर


मुम्बई – बलिउड अभिनेता रणवीर कपूर बेला बेला चर्चामा आईरहन्छन् । पछिल्लो समय आलिया भट्ट सँगको सम्बन्धले अलि चर्चामा आएका रणवीर पुनः एकपटक चर्चामा आएका छन् । आफ्नो पहिरनहरू बेच्ने तयारीको खबरले रणवीरकाे चर्चा भइरहेकाे छ ।

अभिनेत्री आलियाले सामाजिक सन्जालमार्फत रणवीरले मंगलबारबाट आफनो पहिरनहरू च्यारिटीका लागि बेच्ने तयारीमा रहेको जानकारी दिएकी छिन्।

‘रणवीरले आफ्नो पहिरन बिक्री गरेर जुन रकम प्राप्त गर्छन्, त्यो रकम क्यान्सर पीडित बालबालिकाको सहयोगका लागि प्रयोग गरिनेछ’, आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘पहिरनको बिक्री बुधबारबाट शुरु हुनेछ । यसबाट आउने रकम क्यान्सरपीडित बालबालिकाका लागि पोषण आहार किन्न खर्च गरिनेछ ।’

आलियाका अनुसार रणवीरको यो अभियानमा कडल्स फाउण्डेसनले सहयोग गर्नेछ ।

प्रतिक्रिया