आलिया भट्टले शेयर गरिन् बोल्ड तस्बिर


मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टले साथीहरूसँग माल्दिभ्समा बिताएको छुट्टीका तस्बिरहरू सार्वजनिक गरेकी छन् । उनी आफ्नी बहिनी शाहीन र साथीहरू आकांक्षा रञ्जन तथा अनुष्का रञ्जनसँग माल्दिभ्स घुम्न गएकी थिइन् ।

उनीहरूले नुहाउने ठाउँको अनि सूर्यास्तका दृश्यहरूको तस्बिर शेयर गरिरहेका छन् । बीचवेयर लगाएर उनीहरूले खिचाएको तस्बिर भाइरल भइरहेको छ ।

मंगलबार आलियाले इन्स्टाग्राममा ताजा तस्बिर शेयर गरेकी छन् । उनले गुलाफी बिकिनी लगाएर धूम मच्चाएकी छन् । आलियाका दुई फिल्म गंगुबाई काठियावाडी र आरआरआरको शूटिङ चलिरहेको छ ।

प्रतिक्रिया