

मर्जरका लागि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूद्वारा संयुक्त निवेदन पेश

काठमाडाैं – ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुधवार संयुक्त निवेदन पेश गरेका छन् ।
ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् । कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।
यसअघि ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।
मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । अनुमोदनलाई दुवै बैंकले मसिंर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेका छन् ।

