प्रधानमन्त्री ओलीले गरे नेपाल प्रहरी अस्पतालको कोभिड-१९ खोप केन्द्रको निरीक्षण


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगंजमा सुरु भएको कोभिड—१९ खोप केन्द्रको बुधबार निरीक्षण एवं अनुगमन गरेका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार बिहान खोप लगाएर सुरु गरेको उक्त खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत १ सय जनालाई खोप लगाइएको सो अस्पतालले जनाएको छ ।

साथै उक्त केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका ३ हजार ७ सय ३५ जनालाई क्रमबद्ध रुपमा खोप लगाउने कार्यक्रम रहेको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।

May be an image of one or more people and people standing
May be an image of 1 person and standing
May be an image of 1 person and sitting

May be an image of one or more people and people standing
May be an image of 1 person and sitting

प्रतिक्रिया