
हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पक्राउ
काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन् ।
विचौलिया व्यापारी दीपक भट्टसँग जोडिएकी पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बबरमहलबाट पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको सिआइबीले जनाएको छ । नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो ।
सीआईबीका अनुसार ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा नेपाल बीमा प्राधिकरणले गरेको निरीक्षणसम्बन्धी प्रतिवेदनमा उल्लेखित विषयका आधारमा पौडेलमाथि बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाउन पक्राउ गरिएको हो ।
सीआईबीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।



कागजपत्र |
