
१५औँ महाधिवेशन मंसिरमा गर्ने देउवा समूहकाे प्रस्ताव (कार्यतालिकासहित)
काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका पेस गरिएको हो।
बैठकमा प्रस्तुत कार्यपत्रअनुसार आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित कार्यपत्रमा वडादेखि केन्द्रसम्मको निर्वाचन तालिका उल्लेख छ। समूहले वडा अधिवेशन, असोज १५ गते, पालिका अधिवेशन, असोज २० गते, प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन, असोज २३ गते गर्ने उल्लेख छ।
जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन, मंसिर ४ गते र केन्द्रीय महाधिवेशन २१, २२ र २३ गते गर्ने कार्यपत्रमा उल्लेख छ ।
संस्थापनले यस अघिनै असोज १६ देखि १९ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याइसकेको छ ।





कागजपत्र |
