सुनको मूल्यमा ठूलो गिरावट, तोलामै ८ हजार ८ सयले घट्यो सुन, चाँदी पनि सस्तियो


काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।

मङ्गलबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया