विवादित यी दुई एसपी तानिए सशस्त्र मुख्यालय


काठमाडौं – सशस्त्र प्रहरी बलका दुई प्रहरी उपरीक्षक मुख्यालय तानिएका छन् । पछिल्लो समय विवादास्पद देखिएका सप्तरी र दार्चुलाका प्रमुख गणपतिलाई तानेको हो ।

सप्तरीका गण नम्बर ६ का गणपति एसपी प्रदीप खड्कालाई तानेर उनको ठाउँमा ककनी तामिल शिक्षालयमा कार्यरत एसपी तीर्थ पौडेललाई पठाएको छ ।

त्यस्तै दार्चुलाका एसपी त्रिभुवन विष्टलाई तानेर उनको ठाउँमा सशस्त्र प्रहरी तालिम शिक्षालय नौबस्ता बाँकेका एसपी डम्बर विष्टलाई पठाएको छ । उनीहरु दुवै जना विवादित गणपति हुन् ।

सप्तरीका एसपी केही दिनअघि बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत शसस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या प्रकरणमा विवादित भएका थिए । त्यस्तै त्रिभुवन विष्ट गण रासन घोटाला गरेको घटनामा मुछिएका थिए । दुवै एसपी हेडक्वाटर तानिएका छन् ।

प्रतिक्रिया