संविधान दिवसमा सशस्त्रका यी ५७ ले पाउँदैछन् विभूषण तथा पदक


काठमाडाैं – सशस्त्र प्रहरी बलका ५७ जना यसपटकको संविधान दिवसमा विभूषित हुने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले घोषणा भएका विभूषितहरुलाई आगामी वैशाख १ गते पदक तथा विभूषण प्रदान गर्ने प्रचलन रहेको छ ।

सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) देखि परिचरसम्म गरी ६५ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने घोषणा गरेको हो ।

जसनअुसार डीआईजी शम्भु सुवेदीले सुप्रबल जनसेवाश्री पाउने भएका छन्।

त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, रुपकुमार क्षेत्री, विकास घिमिरे, डा. सुमित्रा थापाले प्रबल जनसेवाश्री पाउने भएका छन् । त्यस्नै सशस्त्र प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर चन्द, रविन भुजेल, आनन्द थापा मगर, सरोज सिंह बस्नेत, सन्तोषबहादुर सिंह, बासुदेव लोहनी, लिलाबहादुर कार्की, ई. सौरभराज वन्तले पनि प्रबल जनसेवाश्री पदक पाउने भएका छन् ।

त्यस्तै जनसेवा श्री पाउनेमा सशस्त्र प्रहरी सहायक हवल्दार बालकृष्ण बस्नेत, रामशरण थापा, सशस्त्र प्रहरी जवान युवराज थापा रहेका छन् । त्यस्तै नेपाल प्रताप सुभूषणबाट डिआईजी अभिकुमार खत्री, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, विकास घिमिरे, टोपबहादुर खनाल सम्मानित हुने भएका छन् । त्यस्तै सशस्त्र प्रहरी नायब निरीक्षक निर्मल कार्की, भुवनराज पन्त र महेन्द्र हमालले पनि जनसेवाश्री पदक पाउने भएका छन् । त्यस्तै सोही पदक पाउनेमा सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्याल, जयराम बस्नेत, विकास खतिवडा, ओमबहादुर काप्mले, सुनिता शर्मा, धनराज बुढाथोकी र सुरज बस्नेत रहेका छन् ।

त्यस्तै नेपाल प्रताप आभूषण पाउनेमा सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज कुँवर क्षेत्री, पृथ्वीबहादुर मल्ल, नरेन्द्र्र थापा, भिमबहादुर महत, विकास खड्का र अनिल नकर्मी रहेका छन् ।

त्यस्तै नेपाल प्रताप भूषण पाउनेमा सशस्त्र प्रहरी बरिष्ठ हवल्दार रेशमबहादुर भारती, सशस्त्र प्रहरी हवल्दार प्रमिला रिजाल, भरत थापा मगर, जनकसिंह धामी, कैलाशचन्द्र अधिकारी, टिकाराम पोखरेल (प्राविधिक), डिल्लीसागर अधिकारी, रिन्जिन जुमिक भोटे, प्रेम दर्लामी, सूर्य खत्री, तिलकबहादुर बस्नेत रहेका छन् । त्यस्तै सशस्त्र प्रहरी जवानमा सुजन ढकाल, तिलक लामा, पदम सापकोटा, विजय खत्री, दिनेश मुडभरी, नवराज श्रेष्ठ, बसन्त बस्नेत रहेका छन् ।

त्यस्तै राष्ट्र सेवा पदक प्रथम श्रेणी पाउनेमा सशस्त्र प्रहरी परिचर सेवकराम मौर्य र भुनेश्वर मण्डल रहेका छन् ।

त्यस्तै प्राकृतिक प्रकोप पीडितोद्धार पदक पाउनेमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा छन् ।

प्रतिक्रिया