सशस्त्र प्रहरीको ठेक्का बस्नेतको कब्जामा !


काठमाडौं – प्रहरी र सशस्त्र प्रहरी बलको हरेक आर्थिक वर्षमा हुने खरिदको ठेक्का हातपार्दै आएका ज्ञानेन्द्र बस्नेतले चालु आर्थिक वर्ष २०८१/२०८२ मा खरिद गरिने सामग्रीको ठेक्का हात पार्न चलखेल गर्न थालेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न सामग्री खरिदका लागि निकालेको २२ वटा टेन्डर मध्ये १७ वटामा बस्नेतको जय सलिना इन्टरप्राइजेजले ठेक्का पाउने करिब–करिब फिक्स जस्तै भएको छ । त्यसका लागि बस्नेतले ठूला आर्थिक चलखेल समेत गरेका छन् ।

सशस्त्र प्रहरी बलको खरिदमासमेत बस्नेतले त्यहीँ शैलीमा ठेक्का हात पार्न लागेको सशस्त्र प्रहरी बल स्रोतको दाबी छ । अझ केही समयअघि सशस्त्र प्रहरी बलको गोदाममा आगलागी हुँदा नोक्सान भएको सामाग्रीसहित थप सामग्री खरिदका लागि टेन्डरविना नै आफूले मात्रै खरिद गर्न पाउँने पर्ने भन्दै चलखेल गर्न थालेको हुन् ।

सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘सशस्त्र प्रहरी बलको गोदाम मात्रै प्रयोग भएको हो । हामीले सामग्री बुझेको भरपाई केही दिएका थिएनौ त्यसकारण आगलागी भएको क्षतिको जिम्मा संगठनको हुँदैन ठेकेदार कम्पनीकै हो ।’

उक्त आगलागीबाट भएको क्षति आफूले मात्रै भोग्नुपर्ने अवस्था आएपछि गृहमन्त्रालय देखि प्रधानमन्त्री कार्यालयसम्मै क्षतिको भर्पाइका लागि दौडधुमा छन् । क्षतिपुर्ती नपाउँने स्वर्तमा भने चालुआर्थिक वर्षको सबै ठेक्का आफूले मात्रै पाउनु पर्ने डिल बस्नेतको छ ।

बस्नेतले सशस्त्र प्रहरी बलको जुत्तादेखि चूस्तासम्म सधैं काम गर्दै आएका छन् । बस्नेतले ठूलो आर्थिक चलखेल गरेर प्रहरी र सशस्त्र प्रहरीको अधिकांश टेन्डर हातपार्न बोलपत्र आह्वा हुनुपूर्व नै  टेन्डर प्रक्रियामा सहभागी हुने अधिकारीलाई प्रभावमा पारेर आफूले मात्रै गर्न सक्ने वा चाहे बमोजिमको ‘रिक्वारमेन्ट’ राख्न लगाउने देखि सार्वजनिक गरिएका कतिपय बोलपत्रहरु नै परिमार्जन गर्न लगाउने गरेका छन् ।

त्यसका लागि गुणस्तर तथा नामतौल विभागका कर्मचारीहरुलाई समेत प्रभावमा पारेर अन्य व्यावसायीहरुले पेस गरेका नमूनाहरु फेल गर्न लगाएर ठेक्का एक लौटी पार्दै आएका छन् ।

विभागका सहसचिव किरण सुवेदीसँग उनी निकट छन् । सुवेदीलाई आफूले चाहे बमोजिमको काम लगाउँन ठूलो आर्थिक प्रभावमा पारेको सशस्त्र प्रहरी अधिकारी बताउँछन् । दुईवर्ष अघि बस्नेतले बनाएको सशस्त्र प्रहरीको बुटमा ठूलो गुनासो आएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बलको कम्बल खरिदमा समेत बस्नेत मापदण्डविपरित सामाग्रीको सामाग्री दिएको गुनासो आएको थियो । तर, आर्थिक चलखेलका कारण कुनै पनि विवाद बाहिर आउँन दिदैनन् ।

प्रतिक्रिया