सशस्त्रका ७ डीआईजीको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – सरकारले सशस्त्र प्रहरीका सात जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी)को काज सरुवा गरेको छ ।

निर्वाचन आचारसंहिता जारी हुनै लाग्दा भदौ ३१ गते बसेको क्याबिनेट बैठकले सशस्त्रका डिआइजीलाई काजमा सरुवा गर्ने निर्णय गरेको हो ।

जसअनुसार १ नम्बर बराह बाहिनी सुनसरीमा दरबन्दी रही हाल उपत्यकाको इन्चार्ज रहेका बंशीराज दाहाललाई सीमा सुरक्षा विभागमा लगिएको छ भने ५ नम्बर बिन्धवासिनी बाहिनी मुख्यालय चन्द्रौटाबाट चितवनको भण्डारामा तैनाथ ई. किशोर प्रधानलाई कार्यविभाग (अपरेसन) मा सरुवा गरिएको छ ।

यी दुईमध्येबाट अबको क्याबिनेट बैठकले एक जनालाई एआइजीमा बढुवा गर्नेछ ।

डिआइजी अभिकुमार खत्रीलाई ६ नम्बर बाहिनी महेश्वरी मुख्यालय सुर्खेतबाट मानव स्रोत विभागमा लगिएको छ । कमाण्ड तथा स्टाफ कलेजका कुमार न्यौपाने ९ नम्बर पशुपति बाहिनी मुख्यालय काठमाडौँ पुगेका छन् ।

त्यस्तै, विदुर खड्कालाई प्रशिक्षण प्रतिष्ठानबाट झिकेर बिन्धवासीनी बाहिनी मुख्यालय रुपन्देही खटाइएको छ भने ७ नम्बर बैधनाथ बाहिनी मुख्यालयका लक्ष्मणबहादुर सिंह गढीमाई बाहिनी मुख्यालय मकवानपुर पुगेका छन् ।

गढीमाईका प्रदिपकुमार पाल महेश्वरी बाहिनी मुख्यालय सुर्खेत सरुवा भएका छन् ।

त्यस्तै, एक एसएसपीलाई पनि काज सरुवा गरेको छ । मानव स्रोत विभागका मनिष थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार पुर्याइएको छ । सशस्त्रका एआइजी नारायणदत्त पौडेलले काज सरुवाबारे मातहतका कार्यालयलाई पत्राचार गर्दै जानकारी गराएका छन् ।

प्रतिक्रिया