मोर्चामा नेकपा (बहुमत)लाई समेट्नुपर्ने अडानसहित बाहिरियो वैद्य माओवादी


काठमाडाैं – साना कम्युनिस्ट पार्टीको गठबन्धनबाट मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र सो पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चा बाहिरिएको छ । पार्टीले साना दलको मोर्चामा नेकपा (बहुमत)लाई पनि समेटिनुपर्ने अडान लिएको थियो ।

तर, यसमा विप्लव नेतृत्वको नेकपालगायत असहमत भएपछि वैद्य माओवादी बाहिरिएको हो । वैद्य बाहिरिएपछि आइतबार साना ४ कम्युनिस्ट पार्टीको मात्रै बैठक बसेर ३ बुँदे निर्णय भएको छ ।

जसमा विप्लव नेतृत्वको नेकपा, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजीत बूढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच कार्यकर्ता एकता हुने उल्लेख छ ।

बैठकले आगामी जनसंघर्षको कार्यक्रम सम्बन्धी विभिन्न निर्णयहरु गरेको गरेको छ । जुन साउन १० गतेको पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ । चार पार्टी संयुक्त संघर्षको प्रक्रियामा सामेल हुन कम्यनिष्ट क्रान्तिकारीहरु, बामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादीहरुलाई विशेष पनि चार दलले गरेको छ ।

प्रतिक्रिया