पाँच जना मृत अवस्थामा फेला, एक महिलाको पहिचान खुल्न बाँकी


काठमाडौं – भक्तपुर, पर्सा, रुपन्देही, झापा र नुवाकोटमा गरी पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका-६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका-२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका(१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापामा अपरिचित महिलाको शव फेला
झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । महेन्द्र राजमार्गअन्तर्गत झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

झापाका डिएसपी वसन्तकुमार पाठकका अनुसार अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको हो । उनकाे शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत महिलाको साथमा ब्यागसमेत रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया