पोखरामा मतगणनाका लागि सर्वदलीय बैठक जारी


पोखरा – पोखरा महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय छलफल चलिरहेको छ । पार्दीस्थित निर्वाचन आयोगको कार्यालयमा दल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधि उपस्थित छन् ।

उता मतगणनास्थल सहिद चोकमा दलका कार्यकर्ता भेला हुन थालेका छन् । निर्वाचन आयोगले महानगरको मतगणना जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दै छ ।

सर्वदलीय बैठक सकिने वित्तिकै मतगणना सुरू हुने आयोग कास्कीका सूचना अधिकारी रूद्र न्यौपानेले बताए । उनका अनुसार एकपल्टमा ८ वटा वडाका मतपेटिका खोलेर गणना गरिने छ ।

कास्कीका रूपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतगणना जारी छ । अन्नपूर्ण र मादी गाउँपालिकामा सर्वदलीय बैठक सकेर मतगणना गर्ने तयारी छ ।

 

प्रतिक्रिया