पोखरामा लगातार मतान्तर बढाउँदै समाजवादीका आचार्य

मेयरमा धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट अगाडि


कास्की – पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) ले मतान्तर झनै बढाउँदै लगेको छ ।

हालसम्म २४ हजार १ सय ६० मतगणनामा सत्ता गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले १० हजार १ सय ५७ मत प्राप्त गरेका छन् । उनका निकततम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ८ हजार ६ सय मत ल्याएका छन् । दुवैबीच १ हजार ५ सय ५७ मतअन्तर देखिन्छ ।

यसैगरी, मेयरमा राप्रपाका शंकर खरालले १ हजार १ सय ३१ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५ सय ८६ ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अघि छिन् । उनले १० हजार ५ सय २१ मत प्राप्त गर्दा एमालेबाट उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले ९ हजार ७ सय ६६ मत प्राप्त गरेकी छन् । राप्रपाकी रञ्जना सेनले ९ सय ६० मत ल्याएकी छन् ।

पोखराका कुल ३३ वडामध्ये हालसम्म वडा १,२,३,४, १२ र २३ को मात्र अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये वडा १ मा एमालेले जीत हासिल गरेकोमा बाँकीमा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबारको मतदानमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदातामध्ये १ लाख ४३ हजार मत खसेको थियो ।

प्रतिक्रिया