मनाङ ङिस्याङमा एमाले विजयी


मनाङ – मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत ल्याएर विजयी  भएका हुन् ।

उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया