मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका विष्ट विजयी


मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाए । उनका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाए । त्यहाँ कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।

लोघेकर दामोदरकुण्ड–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा त्यही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका छन् ।

अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख थिए ।

प्रतिक्रिया