मनाङको नार्पाभूमिमा कांग्रेस विजयी, चामेमा एमालेकाे जित
मनाङ – मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।उनले १५८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन् । जम्मा ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।
मनाङको चामे गाउँपालिकामा एमाले विजयी
यस्तै मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् ।
उनले ३२० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याए । घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष थिए ।