निर्वाचन सुरक्षाका लागि प्रहरीले सेनासँग माग्यो हतियार


काठमाडौं – स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा धेरै साना हतियार मागेको छ । तर, आइतबारसम्म सेनाले करिब ७ सय थान हतियार प्रहरीलाई दिएको छ ।

निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोल दिन माग गरेर पत्राचार गरेको थियो । साना हतियार अपुग भएपछि नेपाली सेनासँग लिएर सुरक्षामा प्रयोग गरिएको प्रहरीले बताए ।

उनले भने-‘केही थान चिनियाँ पेस्तोल लिएर प्रयोग गरिरहेका छौं ।’ सेनाले प्रहरीलाई चुनाव सुरक्षामा सापटी स्वरुप दिएको चिनियाँ पेस्तोल लेथल (घातक) हतियार हो ।

देशभर एकै चरणमा निर्वाचन हुन लागेको हुनाले हतियार नपुग्ने विश्लेषणसहित प्रहरी प्रधान कार्यालयले सेनासँग हतियार मागेको थियो ।

प्रतिक्रिया