

नेप्सेमा ७ कम्पनीको शेयर सूचिकत, कुनको कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ७ कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेड, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, उन्नति सहकार्य लघुवित्त, कालिका लघुवित्त, छिमेक लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, छ्याङ्दी हाइड्रोपावरको शेयर सूचिकत भएको हो
नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ सूचिकृत भएको छ । कम्पनीको ३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल जीभिएल रहेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ९१ रुपैयाँ ६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसा रेञ्ज तोकेको हो ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६ लाख ८५ हजार ४०१ कित्ता बोनश शेयर सूचिकृत भएको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो ।
नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ३० प्रतिशत बोनस बापतको ५ लाख २८ हजार ५ सय ९ दशमलव ११९१ कित्ता शेयर नेव्सेमा सूचिकृत भएको हो ।
यस्तै, नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको ३ लाख ५९ हजार ९४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
छिमेक लघुवित्तको ४९ लाख ४१ हजार कित्ता शेयर सुचिकृत भएको छ । छिमेक लघुवित्तले गत पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ प्रतिशत बोनश शेयर सुचिकृत गारएको हो ।
त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । मनकामना स्मार्ट लघुवित्तले पुस १९ गते सम्पन्न साधारण सभाबाट पारित १७ प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो ।
नेप्स छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।
छ्याङ्दी हाइड्रोपावरको केही समयअघि आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको हकप्रद सेयर जारी गरेको थियो । सोही हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

