हेटौंडाकी उपमेयर लामाले दिइन् पदबाट राजीनामा


हेटौँडा- हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिनेगरी टुंगो लागिसकेको छ।

शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् । पछि उनी एमाले विभाजन हुँदा समाजवादीतिर लागेकी थिइन् ।​

प्रतिक्रिया