

बालुवाटारमा सहमति जुट्न नसकेपछि काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनिश्चित

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनिश्चित बनेको छ। बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो ।
शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर चार बज्न लाग्दा पनि बैठक बस्न सकेको छैन् ।
महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भएपनि विराटनगर र ललितपुर महानगर मेयरको उम्मेदवारमा सहमति हुन सकेको छैन । शीर्ष नेतामा सहमति नजुटि कार्यसम्पादन समिति बैठकमा नजाने सभापति शेरबहादुर देउवाको तयारी छ ।

