

प्रि-ओपनिङ्ग हरियाली, नेप्से साढे ६ अंकले बढ्यो

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ६.५६ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा कारोबारमा आएका १६ कम्पनी मध्ये १३ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।
नेप्से ६.५६ अंकले बढेसँगै सूचक २ हजार ३२७ दशमलव ०८ बिन्दुमा पुगेको छ ।
यस अवधिमा १६ कम्पनी ७१६ कित्ता सेयर ४ लाख ९९ हजार ८८० रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १६ कम्पनीको सेयर कारोबार भएको छ ।
जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

