सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, १ जनाको मृत्यु, ५ घाइते


काठमाडौं – ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हँदा एक जनाको मृत्यु भएको छ ।

आज (बिहीबार) बिहान भएको विष्फोटमा परेर प्लान्ट कार्यरत १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया