सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं –  विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

हिजो  प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया