
नायिका पूजा शर्माले लेखिन्, ‘थ्याङ्क यू गड’ !
काठमाडौं – नायिका पूजा शर्माको भर्खरै सार्वजनिक फेसबुक स्टाटस ‘थ्याङ्क यू गड’ छ ।
पूर्णविक्रम शाह उर्फ अभिनेता पल शाहको मुद्दामा उजुरीकर्ता नाबालिक गायिकाले बयान फेरेको समाचार सञ्चारमाध्यममा बाहिरिएसँगै नायिका पूर्जा शर्माले सामाजिक सञ्जालमा ‘थ्याङ्क यू गड’ लेखेकोले त्यही घटनासँग सम्बन्धित रहेर उनले सो स्टाटस लेखेको हुनसक्छ ।
नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा आइतबार गरेको बकपत्रमा ‘उक्साहटमा परेर जाहेरी दिन पुगेको’ भनी दिएको समाचार बाहिरिने बित्तिकै पूजा शर्माको उक्त स्टाटस आएपछि अधिकांशले पलकै घटनासँग जोडिएको स्टाटस भएको कमेन्ट गरेका छन् ।



कागजपत्र |
