नेपाल टेलिकमको ‘प्याक’को पनि बढ्यो मूल्य


काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले भ्वाइस प्याकमा मूल्य बढाएको छ।

टेलिकमले सोमबारदेखि नमस्तेबाट ५ सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्रिपेड प्याकको भाउ २ सय ५० रूपैयाँबाट बढाएर २ सय ६५ रूपैयाँ बनाएको छ।

यसैगरि १ हजार २ सय मिनेटसम्म कुराकानी गर्ने सकिने ३५ दिनको प्रिपेड प्याकको मूल्य ५ सय रूपैयाँबाट बढाएर ५ सय ५० रूपैयाँ बनाएको छ। मूल्य बढाएको टेलिकमले जारी गरेको विज्ञप्तिमा भने केही प्याकको मूल्य अझै सस्तो बनाएको उल्लेख गरिएको छ।

टेलिकमले आइतबार एक विज्ञप्ति जारी गर्दै प्याकमा बढाएको मूल्यबारे जानकारी दिएको हो।

प्रतिक्रिया