सशस्त्रको प्रवक्तामा डीआईजी खड्का


काठमाडाैं – सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना थिए ।

प्रतिक्रिया