रणवीर र आलियाले गरे बिबाह (तस्बिरहरू)


काठमाडाैँ– बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले बिहीबार आपसमा बिहे गरेका छन्। आलियाले इन्स्टाग्राममा आफूहरूलाई एक हुन साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।

‘आज (बिहीबार) मेरा परिवार र साथीभाईको घेरामा रही, मेरो घर, जुन मेरो सबैभन्दा मनपर्ने ठाउँ हो, त्यो बाल्कुनी जहाँ हामीले हाम्रो सम्बन्धको पछिल्लो ५ वर्ष बितायौँ, त्यही विवाह पनि गयौँ’, आलियाले लेखेकी छन्, ‘हाम्रो जीवनका यी अनमोल पलमा माया र उज्यालो छर्नुभएकोमा सबैप्रति आभारी छौँ, तपाईंहरूकै कारण यो समय उत्सव सम्भव भएको छ।’

विवाहको मण्डपमा उनीहरूले एकअर्काको हात समाउँदै र चुम्बन गर्दै हर्षाेल्लास मनाए।

प्रतिक्रिया