विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य ओली र बाँस्तोला माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ?


काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रचण्ड भेट्न उनीहरू प्रचण्डकै निवास खुमलटार पुगेका हुन्।

यस क्रममा प्रचण्डले उनीहरूलाई ओली र बाँस्तोलालाई माओवादी केन्द्रमा प्रवेश गर्न आग्रह गरेका थिए। उनीहरूले सकारात्मक जवाफ दिएको बताइएको छ।

बास्तोलाले भने प्रचण्डसँग नयाँ वर्षको शुभकामना आदानप्रदान र आफ्ना पार्टीका बन्दीहरू रिहाइबारे छलफल गरिएको बताएका छन्।

प्रतिक्रिया