
बाबुराम भट्टराईको नयाँ प्रस्ताव- चुनावी खर्च राज्यले बेहोरौं
काठमाडाैँ– जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले चुनाव खर्च राज्यले बेहाेर्ने प्रस्ताव अघि सारेका छन्। भट्टराईले पैसा खर्च गरेर चुनाव जित्ने र असुल्न राज्यकोषको दोहन गर्ने प्रवृत्तिले भ्रष्टाचार बढाएको बताएका छन्।
जहिलेसम्म पैसा खर्च गरेर चुनाव जित्ने प्रवृत्ति रहन्छ त्यो बेलासम्म राज्यको दोहन भइरहने खतरा हुने भट्टराई तर्क गर्छन्।
चुनावी खर्च र यसका सीमाबारे बहस भइरहँदा भट्टराईले ट्वीट गर्दै तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव अघि सारेका छन्।
‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं- तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले बेहोर्ने!’



कागजपत्र |
