देशभर थप २२ जनामा कोरोना पुष्टी, ४६ जना संक्रमणमुक्त


काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट २२ जनामा संक्रमण देखिँदा र एन्टिजेनबाट कसैमा पनि संक्रमण पुष्टि भएन।

२४ घण्टामा ५ हजार १४४ कोरोना परीक्षण भएको छ । जसमा ३ हजार ९७२ पीसीआर र १ हजार १७२ एन्टिजेन परीक्षण भएको छ

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

४६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितकहो संख्या ५६८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १५ हजार ३५५ छ ।

प्रतिक्रिया