

एनआईसी एशिया लघुवित्तको सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा, यस्ता छन् विशेषता

काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत्र २३ गतेबाट संस्थामा आबद्ध तथा सम्भाव्य सेवाग्राही सदस्यका लागि ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ। यो खाता खोल्ने सेवाग्राहीले १० देखि १३ प्रतिशतसम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतका आधारमा १ लाख देखि ५ लाखसम्मको दुर्घटनामा बीमासमेत प्राप्त गर्न सक्नेछन्।
वित्तीय क्षेत्रमै नयाँ अभ्यासको सुरुआत गर्दै संस्थाले सर्वश्रेष्ठ सबल बचत खता खोल्ने सेवाग्राही सदस्यहरुले तोकेबमोजिमको फारम भरेर संस्थाको जुन सुकै शाखा कार्यालयबाट पैसा निकाल्न र जम्मा गर्न सक्नेछन् । पैसा, जम्मा गर्दा र निकाल्दा कुनै पनि शुल्क नलाग्ने संस्थाले जनाएको छ।

