

जगडोल जंगलमा एक युवतीको शव

काठमाडौं – राजधानीको गोकर्णेश्वरस्थित जगडोल जंगलमा एक युवतीको शव फेला परेको छ ।
गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी युवती चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई रहेको प्रहरीले जनाएको छ ।
पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको देखिएको छ भने घटनास्थलमा ब्लेड र बिषको बट्टा पनि भेटिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ ।

