यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)


काठमाडौं – सरकारले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज (शुक्रबार)सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् ।

सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ ।

बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाललाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्तासमेत कार्कीले जानकारी गराएका हुन् ।

प्रतिक्रिया