वीर अस्पतालमा ओटी लाइट र युरो सामानको टेन्डरमा सेटिङ


काठमाडाैं – वीर अस्पतालमा ओटी लाइट र युरो सामानको टेन्डर प्रक्रियामा सेटिङ भएकाे पाइएकाे छ । अस्पतालले गत फागुन २६ मा १० वटा जम्मा ५ करोडको ओटी लाइटका लागि  टेन्डर आह्वान गरेको थियो ।

उक्त टेन्डर आह्वान अगाडि अस्पतालले स्पेक बनाउन युरोलोजि विभागका विवादित डा अनिल श्रेष्ठलाई जिम्मा दिइएको थियो । उनले स्पेफिकेशन बनाउँदा आफुलाई कमिसन दिने अलाइन्सि फर्मलाई मात्र हुने गरी  केएलएस मार्टिन कम्पनीले मात्र टेन्डर पाउने गरी स्पेक बनाएपछि हाल सर्जिकल उपकरण बजारमा बिवाद शुरू भएको छ ।

अन्य व्यापारीहरुले आफूहरूलाई टेन्डर फाराम भर्न नपाउने गरी स्पेफिकेशन बनाएको भन्दै डा अनिल विरुद्द अक्तियार, स्वास्थ्य मन्त्रालय, सम्पती शुद्धिकरण र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिने समेत तयारी गरिरहेका छन्। गत चैत १५ गते अस्पतालले प्रि-बिड मिटिङ राखेर सबै व्यापारीको राय समेत बुझेको थियो ।

उक्त मिटिङको सुझाब विपरीत डा अनिल श्रेष्ठले पुन आफ्नै फर्मलाई हुने गरी केही बुँदा थप गरे पछी अस्पताल को टेन्डर झन विवादित बन्न पुगेको छ । युरो सर्जिकलको ४ करोड को सामानमा पनि डा अनिल र खरिद एकाईका शाअ डमरु दाहालले टेन्डर हुनु भन्दा पहिले नै व्यापारीसंग कमिसन लिदै होटल होटलमा गई स्पेक बनाइ अस्पताल प्रशासनलाई दवाव दिई सोही अनुसार टेन्डर आह्वान गर्न गरेका छन् ।

डा अनिल वीर अस्पतालको युरो विभागमा आउने विरामीलाई अस्पताल वेड छैन भन्दै आफु काम गर्न बि एण्ड बि, मेडिसिटी लगायत अस्पतालमा बोलाई लाखौ महङोमा अपरेसन गर्न गरेका छन् । उनको बारेमा अस्पतालसमेत विरामी बेच्ने डाक्टर भनेर चिनिन्छन् । उता खरिद एकाईका डमरु दाहाल भने अस्पताल हुने टेन्डर पहिलै आफु निकट  व्यापारीलाई भनि होटल होटलमा गई स्पेक मिलाउन गरेको आरोप छ ।

प्रतिक्रिया