सुधारको संकेत देखिएको वीर अस्पतालमा फेरि सल्बलाए ‘भ्रष्ट’ !


काठमाडौं – भ्रष्टाचारको अखडाको पर्याय मानिएको वीरअस्पतालमा पछिल्ला दिनमा केही सुधारका संकेतहरु देखिन थालेको छ । वीर अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा डा. भुपेन्द्र बस्नेतको नियुक्ति भएसँगै अस्पतालको सेवा तथा अन्य सेवाहरुमा सुधार हुँदै गएको अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु बताउँछन् ।

मेडिकल माफियाका रुपमा कहलिएका डा. जागेश्वर गौतमको बहिगर्मनसँगै नियुक्त पाएका डा. बस्नेतले अस्पताल सुधारका लागि गरेका प्रयासहरु विस्तारै सफल हुँदै गएका छन् । बस्नेतको आगमनसँगै अस्पतालले पछिल्ला दिनमा दैनिक दुईहजार भन्दा बढी बिरामीहरुले सेवा लिँदै आएको जनाइएको छ । त्यस्तै कोरोनाको यस संकटको घडीमा २४ सै घन्टा पीसीआर हुँदै आएको, टिकट काट्न सहज भएको, कोभिड अस्पतालमा सय भन्दा बढी उपचाररत रहेको, इमर्जेन्सी मोनिटर र आधुनिक बेडसहित सञ्चालन हुँदै आएको जनाइएको छ ।

त्यस्तै सर्जिकल भवनका ५ सय बेड नै सञ्चालनका लागि तयार भएको र लामोसमयदेखि कवाडीका रुपमा राखिएका एमआरई, सिटि स्क्यानका मेसिनहरु सञ्चालनमा आएको र अस्पतालका कर्मचारीहरुको रोकिएको तलब पनि समयमै पाईरहेको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।

पछिल्ला दिनको सुधारका बाबजुद डा. गौतमका केही अनुयायी एवं भ्रष्ट कर्मचारी भने डा. बस्नेतलाई असफल बनाउने ध्याउन्नमा लागि रहेका छन् । अस्पतालका खरिद एकाई, जनरल स्टोर, मेडिकल स्टोर र सामाजिक इकाईमा बसेर करोडौं कमाएका केही भ्रष्ट कर्मचारीहरुले मेडिकल माफियासँगको मिलेमतोमा अस्पतालको मेडिकल सामाग्री खरिद, ठेक्काका साथै कर्मचारी भर्नामा चलखेल गर्न थालेका छन् । उनीहरुले आफू निकट व्यवसायीसँगको मिलेमतोमा अनियमितता गर्दै आएको जनाइएको छ ।

उपकरण खरिदमा मेडिकल स्टोर र जनरल स्टोरका बैकुण्ठ लुइँटेल, बायोमेडिकल भावना बराल, स्टाफ नर्स भगवती थपलिया, अहेब विष्णु फुयाल, श्याम वि.क., अग्निधर बस्याल, लेखा प्रमुख लोक बोहोरा, मेडिकल बोर्डका अरुण महतो, टीकारनाम पनेरुहरुले विभिन्न मेडिकल माफिया र व्यवसायीसँग मिलेर अनियमितता गर्दै आएको पनि एक कर्मचारी बताउँछन् । उनीहरुले बिना टेन्डर कोटेशनकै आधारमा सामान खरिद गरेर आफूनिकट माफियालाई काम दिने गरेको र जसरी पनि डा. बस्नेतलाई असफल बनाउने ध्याउन्नमा लागेको एक कर्मचारी दाबी गर्छन् ।

केही कर्मचारीहरुले आफूहरुलाई अख्तियार र मन्त्रालयको निकट भएको हौवा पिटाउँदै अस्पताल प्रशासनका साथै अन्य विभागहरुमा उठाउ धन्दा नै चलाउन लागेको अस्पताल स्रोतले जनाएको छ । अहिले पछिल्लो समय नेकपा समाजवादी निकट भएको दाबी गर्दै अहेब फुयाल र बस्यालले सबै विभागहरुमा आफूनिकट र मातहत हुनुपर्ने भन्दै अस्पताल प्रशासनमा दबाब दिँदै आएको जनाइएको छ ।

पछिल्लो समय केही कर्मचारीले म्याक्सिक भन्ने कम्पनीलाई २४ करोडको ठेक्कामा संलग्न लेखाप्रमुख बोहोराको सरुवाका साथै मेडिकल र जनरल स्टोरमाथि अनुगमन, अस्पतालबाट सरुवा भएका कर्मचारीको रकमाना, टिचिङ अस्पतालमा अनियमितता  गरेका कारण जागिरबाट बर्खास्त गरिएकी भावना बराललाई हटाउनु पर्ने लगायत र मेडिकल बोर्ड सिफारिस छानबिनको माग राख्दै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालयमा उजुरी दिएको पनि जनाइएको छ ।

 

प्रतिक्रिया